PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

रामेछाप जिल्लाका निर्वाचित प्रतिनिधिको एकै स्वरः जनताले अनुभुति गर्ने गरी काम गर्छौं



पहिलोपोस्ट

रामेछाप जिल्लाका निर्वाचित प्रतिनिधिको एकै स्वरः जनताले अनुभुति गर्ने गरी काम गर्छौं

काठमाडौंः रामेछाप जिल्लाका ८ स्थानीय तहबाट निर्वाचित प्रमुख र उपप्रमुखहरुले जिल्लाको विकास र समृद्धिका लागि एकजुट भएर काम गर्ने प्रतिवद्धता जनाएका छन्। 

रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले जिल्लाको हितका लागि पार्टीभन्दा माथि उठेर काम गर्ने बताएका छन्। 

कार्यक्रममा जनप्रतिनिधिले जिल्लाको विकासका लागि मुख्य रुपमा सडक, विद्युत, खानी उत्खनन, खानेपानी र कृषि तथा पर्यटन पदमार्ग निर्माणलगायत विकासका योजना सार्वजनिक गरेका थिए। 

उनीहरुले आफ्नो क्षेत्रको विकासका लागि एकजुट भएर स्थानीयस्तरका जनताको दैनिकी उकास्ने र विकासको अनुभुति गराउने काम गर्ने बताए। रामेछापमा दुईवटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन्।

भूकम्प पीडितले अझै राहत र अनुदान पाउन नसकेका तथा जिल्लामा पुनर्निर्माणको कामलाई प्राथमिकता दिने सवै निर्वाचित प्रतिनिधिले बताएका छन्। 

रामेछाप नगरपालिकाका मेयर नरबहादुर थापाले शिक्षा, खानेपानी, सडक र कृषि तथा जिल्लाकै पहिचान रहेको जुनार पर्यटनमा जोड दिने बताए। 

त्यस्तै मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले सामुदायिक विद्यालयको स्तर आफ्नो कार्यकालभित्र निजी विद्यालयको सरह बनाउने योजना सुनाए। उनले मन्थली नगरपालिकाका लागि तामाकोशी नदी किनारमा व्यवस्थित पार्कसहित स्विमिङ पुल निर्माण गर्ने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell