PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

'मिस सि स्टार' चितवनको उपाधि अनुष्कालाई



पहिलोपोस्ट

'मिस सि स्टार' चितवनको उपाधि अनुष्कालाई

काठमाडौं: चितवनमा भएको ‘मिस सि स्टार चितवन २०७४' को उपाधि अनुस्का रानाभाटले जितेकी छिन्। २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले उपाधी हात पारेकी हुन्। उनले नगद बिस हजार जितिन्।

शनिबार भएको अन्तिम प्रतिस्पर्धामा अनुस्कालाई मिस चितवन सुमन गुरुङले मिस एसईई स्टार चितवनको ताज पहिराईदिएकी थिइन्। यस प्रतियोगीता ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.ली.’ ले आयोजना गरेको हो। मिस एसईईको उपाधिका साथमा अनुस्कालाई ‘मिस कन्फिडेन्ट’को उपाधि पनि मिल्यो।

प्रतियोगीतामा पहिलो रनर्सअप भुमिका आचार्य, दोस्रो रनर्सअप सुजता ढकाल, तेस्रो रनर्सअप करिना श्रेष्ठ र चौथो रनर्सअप स्वेता अर्यालले हात पारे। ‘मिस सि स्टार चितवन’ को बिजेतालाई मध्यनेपालको अक्सफोर्ड कलेजले ‘प्लस टु’ सम्मका लागी स्कलरसिपको व्यवस्था रहेको आयोजकले जानकारी दिए। साथै दोस्रो र तेस्रो बिजेतालाई पनि नौं महिनाका लागि स्कलरसिपको रहेको बताइयो।

क्यापटेन बिजय लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्य निर्णायक बिनोद दास रहेका थिए। त्यस्तै भने चितवनबाट मिस नेपालको सेमिफाईनल सम्म पुगेकी उर्षा अधिकारी, नर्स सरस्वती तिमिल्सिना रहेका थिए। आयोजक संस्थाका अध्यक्ष नविन यादवले यो प्रतियोगीता अबदेखी वर्षेनी गर्ने जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell