PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

इन्टरनेशनल डाइरेक्टर सेमिनारमा नेपालबाट केदार श्रेष्ठ



पहिलोपोस्ट

इन्टरनेशनल डाइरेक्टर सेमिनारमा नेपालबाट केदार श्रेष्ठ

बाल रंगमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनल (एशोसियसन अफ थिएटर फर चिल्ड्रेन एण्ड योंग पिपल)ले आयोजना गर्ने ‘इन्टरनेशनल डाइरेक्टर सेमिनार’मा यसपटक नेपालीको सहभागिता रहने भएको छ। आसितेजको जर्मनी सेन्टर आसितेज जर्मनीले आयोजना गर्ने यस सेमिनारमा नेपालबाट युवा रंगकर्मी केदार श्रेष्ठ सहभागी हुने भएका हुन्।

सेमिनार जर्मनीको ओल्डनवर्गमा यही जुन १२ देखि १८ सम्म हुँदैछ। नेपाली रंगमञ्चमा सक्रिय श्रेष्ठ, आसितेज इन्टरनेशनलको नेपाल सेन्टर ‘आसितेज नेपाल’को सदस्य साथै थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलका संस्थापक तथा कला निर्देशक हुन्। विशेषत: बालसाहित्य र बालरंगमञ्चको विकास र प्रवद्धनका लागि उनी काम गर्दै आएका छन्।

आसितेज जर्मनीले छनौट गरेका २३ देशका २६ जना रंगमञ्चका निर्देशक (थिएटर डाइरेक्टर)हरु यसपटक इन्टरनेशनल डाइरेक्टर सेमिनारमा सहभागी हुँदैछन्। ४० वर्षदेखि हुँदै आएको इन्टरनेशनल डाइरेक्टर सेमिनारमा हालसम्म विभिन्न देशका ५०० भन्दा बढी निर्देशक र १३ समालोचकहरु सहभागी भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell