PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

प्रकाशमानको प्रश्न–२०७० मा काठमाडौंमा आठ क्षेत्र जितेको कांग्रेसले अहिले किन हार्‍यो ?



रासस

प्रकाशमानको प्रश्न–२०७० मा काठमाडौंमा आठ क्षेत्र जितेको कांग्रेसले अहिले किन हार्‍यो ?

काठमाडौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौंंमा कांग्रेसले पराजय भोग्नुपरेको बताएका छन्।

नेपाली कांग्रेसकातर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद भएको बताए। 

उनले भने– “काठमाडौं कांग्रेसले निर्वाचन हार्नुको कारण खोज्नुपर्ने समय आएको छ।” उनले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आठवटा निर्वाचन क्षेत्र जितेको कांग्रेसले अहिले किन हार्यो भन्नेबारे सबै नेता तथा कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कांग्रेसको पक्षमा जनमत हुँदाहुँदै पनि कांग्रेसले हार व्यहोरेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको छ बताए।

उनले भने,“नगर उपप्रमुखले निर्वाचन जित्दै गर्दा नगर प्रमुख ठूलो अन्तरले के कारणले पराजित भए ? यसलाई गम्भीर भएर समीक्षा गर्नुपर्दछ।”रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell