PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

बलिउड सुपरहिट फिल्म 'देवदास' अब थ्रिडीमा



पहिलोपोस्ट

बलिउड सुपरहिट फिल्म 'देवदास' अब थ्रिडीमा

आउँदो जुलाई १२ मा संजयलिला भंशाली निर्देशित फिल्म 'देवदास' निर्माण भएको १२ वर्ष पुग्छ। सोही अवसरमा फिल्म युनिटले देवदासको थ्रिडी भर्सन सार्वजनिक गर्ने भएको छ।

फिल्म थ्रिडीमा सार्वजनिक हुने खबर पुस्टि गर्दै वंशालीले भने,'देवदास थ्रिडीमा प्रस्तुत गर्न आइडियल फिल्म हो। फिल्मको हरेक सट र फिल्म थ्रिडीमा देखाउन उपयुक्त छन्।' संजयलिला लाो अध्ययनपछि मात्र फिल्मको नयाँ भर्सन बनाउन तयार भएको बलिउड हंगामाले जनाएको छ।

फिल्म निर्माण युनिटले देवदास थ्रिडीको विश्वभर प्रदर्शन गर्ने तयारी गरेको जनाइएको छ। फिल्मको वितरकले भने,'थ्रिडीको ग्लोबल रिच राम्रो छ। आशा गरौं बाहुबलीले जस्तै गेवदासले पनि अन्तराष्ट्रिय स्तरमा राम्रो गर्छ।'

सन् २००२ मा पहिलोपटक सार्वजनिक फिल्ममा बलिउड बादशाह शाहाहरुख खान, माधुरी दिक्षित, ज्याक्की शर्फ, एश्वर्या राय, किरण खेर लगायतको मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell