PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

गल्फ सङ्कटले समस्यामा कतार एयरवेज



रासस

गल्फ सङ्कटले समस्यामा कतार एयरवेज
फोटो श्रोतःseekingalpha.com

दुबईः कतार एयरवेजले केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा आफूलाई विकास गरिरहेको छ। 

लगभग विश्वकै एक प्रमुख ट्रान्जिटका रुपमा रहेको दोहा सहरको यो ट्रान्जिट आकर्षणले पछिल्लो समय गल्फमा देखापरिरहेको सङ्कटका कारण निरन्तरता पाउलाजस्तो देखिँदैन । 

गल्फलाई कतार एयरलाइन्सले मात्र नभएर गल्फका अरु देशका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय हवाई सेवाहरुले दोहालाई प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए। 

दुबईको एमिरेट्स एयरलाइन्स् तथा इत्तेहादले पनि कतारलाई नै प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए। यसरी गल्फ र अरु पनि विश्वका कतिपय हवाई सेवाहरुले कतारलाई विश्वकै एक प्रमुख केन्द्रका रुपमा विकास गरेका थिए। 

यसरी विभिन्न हवाई सेवाले कतारलाई प्रमुख ट्रान्जिट बनाएकोले गर्दा कतारको दोहा सहर एक व्यापारिक केन्द्रका रुपमा पनि बिगतका केही वर्षयतादेखि विकास हुँदै आएको थियो । 

गत हप्तामात्र कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गल्फकै कतिपय देशले गरेका छन्। यसले कतारलाई विभिन्न क्षेत्रमा समस्या उत्पन्न त गरेकै छ। त्यो भन्दा पनि ठूलो समस्या उनीहरुले यात्रा अनुमति रद्ध गरेको कारणले कतारलाई थप समस्यामा पारेको छ। 

अबदेखि कतारको आकासमा आफ्ना जहाजहरु उड्न नदिने र आफ्नो आकासमा पनि कतारको उडान हुन नदिनेगरी गल्फ राष्ट्रले यस्तो प्रतिबन्ध लगाएका छन्। 

कतारसँग उसका छिमेकी देश साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन, इजिप्टलले सम्बन्ध अकस्मात विच्छेद गरेको जनाएका थिए। यससँगै ती देशले कतारसँगको यात्रा अनुमतिमा पनि प्रतिबन्ध लगाएका छन्। 

यो सङ्कटपछि कतार एयरलाइन्सले दिनहुँ दर्जनौं सङ्ख्यामा उडान रद्ध गर्नु परिरहेको छ। त्यस्तै, दोहामा ट्रान्जिट भएर आउने कैयौं एयरलाइन्स पनि आउन सकिरहेका छैनन्। 

यो सङ्कटपछि इस्लामिक रिपब्लिक र इरानले भने आफ्ना आकासको हवाई सेवामा कतार एयरलाइन्सलाई बढी स्थान दिएका छन्। तर त्यो मात्रा बहराइनको भन्दा पनि कम छ। बहराइनले धेरै मात्रमा कतार एयरवेजलाई आफ्नो आकासमा उडान भर्न दिने गरेको थियो। 

यो अवस्था लामो समयसम्म रहने हो भने वास्तवमै कतारको अर्थतन्त्रमा नै ठूलो असर गर्नसक्ने विज्ञहरु बताउँछन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell