PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

कतारमा रहेका नेपालीको कथा 'द डिजर्ट इट्स अस'मा



पहिलोपोस्ट

कतारमा रहेका नेपालीको कथा 'द डिजर्ट इट्स अस'मा

काठमाडौं: कतारमा रहेका नेपाली कामदारको कथामा आधारित फिल्म 'द डिजर्ट इट्स अस' (मरुभूमिले हामीलाई खान्छ)को विशेष प्रदर्शनी भयो। फिल्म प्रदर्शनसँगै समिक्षक एवं निर्देशक लगायतले फिल्ममाथी छलफल समेत गरे।

समिक्षक समाज नेपालले आयोजना गर्ने सन्डे सिनेमा श्रृंखलामा केसाङ छेतेनको उक्त फिल्म देखाइएको हो। समिक्षक यज्ञशसँग निर्देशक छेतेन, पात्र समेत भएका पत्रकार देवेन्द्र भट्टराई र होम कार्कीले फिल्मको विषय र प्रस्तुतीमाथी अन्तरक्रिया गरेका हुन्।

डकुमेन्ट्री मेकर छेतेनले नेपाली श्रमिको अवस्थालाई चित्रण गर्नु फिल्मको उद्देश्य रहेको बताए। लुकेर खिचिएपनि आफूलाई कतार सरकारबाट कुनै समस्या नरहेको उनको कथन थियो। फिल्ममा उनले मरुभूमिमा भेडा चराउनेदेखिका पात्रसँग संवाद गरेका छन्।

पत्रकार होम कार्कीले पछिल्लो समय कतारमा नेपालीको स्थिती सुध्रिएको बताउँदै फिल्मले सहि चित्रण गरेको बताए। उनले विदेशका नेपालीको पीडालाई यसरी अर्काइभ गर्नु सहि भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell