PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

यमन विरुद्ध खेल्ने २३ सदस्यी नेपाली टोली घोषणा, अनिलको कमब्याक, अरु को को परे?



पहिलोपोस्ट

यमन विरुद्ध खेल्ने २३ सदस्यी नेपाली टोली घोषणा, अनिलको कमब्याक, अरु को को परे?
फोटो : एन्फा

काठमाडौँ : एसियन कप छनोट अन्तर्गत मंगलबार घरेलु मैदानमा हुने यमन विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक योतुकु कोजीले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन्।

खेल हुनु एक दिन अघि घोषित टोलीमा पूर्व कप्तान अनिल गुरुङले कमब्याक गरेका छन्। यस्तै गोलरक्षक एलान न्यौपाने, डिफण्डरहरु दीनेश राजवंशी र मान बहादुर तामाङ तथा मिडफिल्डरहरु राजेन्द्र रावल र सुनिल बलले पनि टोलीमा स्थान बनाएका छन्।

एक साता अघि भारतविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका डिफेण्डर विमल बस्नेत तथा गोलरक्षक विशाल श्रेष्ठ र मिडफिल्डर सुमन लामा भने टिममा अटाएनन्।

नेपाली टोलीमा समान ८-८ डिफेण्डर मिडफिल्डर छन् भने ४ फरवार्ड र ३ गोलकिपर छन्।

नेपाल र यमनबीचको खेल भोली दिउँसो ३ बजे एपीएफ मैदान हलचोकमा हुनेछ।
 

नेपाली टोली

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु, एलान न्यौपाने

डिफेण्डर : विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दीनेश राजवंशी, मान बहादुर तामाङ

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जल विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल,

फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अनिल गुरुङ, भरत खवास

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell