PahiloPost

Jun 16, 2025 | २ असार २०८२

एचसीएलाई सान यू-१६ इन्डो नेपाल क्रिकेटको उपाधि



पहिलोपोस्ट

एचसीएलाई सान यू-१६ इन्डो नेपाल क्रिकेटको उपाधि

काठमाडौं : हिमालयन क्रिकेट एकेडेमी (एचसीए)ले प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एचसीएले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई १ विकेटले पराजित गर्‍यो।

प्रतियोगितामा केसीटीसीका प्रणय शाह ‘म्यान अफ द सिरिज’ घोषित भए। त्यस्तै एचसीएका प्रतीश जिसी उत्कृष्ट बलर तथा केसीटीसीका विराट भण्डारी उत्कृष्ट ब्याट्सम्यान चुनिए।

सान ‘नीलो’ टिमका विराट आचार्य उदीयमान खेलाडी घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell