
धरानः धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ।
धरानमा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुने भएको हो।
तीनवटै राजनीतिक दलले धरानको विकास–निर्माण, शान्ति सुरक्षा, सुकुम्बासी समस्या समाधान, सर्दु र सेउतीखोलाबाट बर्सेनि हुने कटान नियन्त्रण, शिक्षा, स्वास्थ्य र खानेपानीलाई चुनावी मुद्दा बनाएका छन्।
कांग्रेसले पार्टीका धरान नगरसभापति तिलक राईलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ भने एमालेले धरान उपमहानगर विशेष कमिटीका अध्यक्ष तारा सुब्बालाई प्रमुखको उम्मेदवार बनाएको छ।
माओवादी केन्द्रले अइन्द्रविक्रम बेघालाई उपमहानगरको नेतृत्वका लागि अघि सारेपनि अहिलेसम्म उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन।
कांग्रेसले श्यामा रेग्मी र एमालेले मञ्जु भण्डारीलाई उपप्रमुखका रुपमा उभ्याएको छ। उम्मेदवार घोषणसँगै दलहरुले मतदाताको घरदैलो अभियान सुरु गरेका छन्।रासस