
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार संचालनका विषयमा छलफल भएको छ।
प्रचण्ड निवास लाजिम्पाट भएको भेटमा उनीहरुबीच सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार, दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो।
छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र संवादको प्रक्रिया पनि जारी नै राख्ने समझदारी भएको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ।