काठमाडौं : 'मेरो आत्मीय साथीको लागि 'ओ पोजेटिभ' रगत आवश्यक परेको छ। नजिकका साथीहरुले मलाई सम्पर्क गर्नुहोला,' शनिवार विहान नै निहिता विश्वासले फेसबुक वालमा पोस्ट गरिन्।
फेसबुकबाट असाहयका लागि जसरी रगतको खोजी गरिन्थ्यो त्यसरी नै उनले फेसबुकमा सहयोगको याचना गरिन्। यतिमात्र फरक थियो त्यो खोजी कुख्यात अपराधी चार्ल्स शोभराजको जीवनरक्षाका लागि थियो।
शोभराज सुन्धाराको केन्द्रीय कारागारको गोलघरमा थुनिएकै बेला आफूले बिहे गरिसकेँ भन्दै घोषणा गरेकी निहिता विश्वास त्यतिखेर जम्माजम्मी २० वर्षकीमात्रै थिइन्। शोभराजको उमेर त्यतिखेर ६४ वर्षको थियो।
यो पनि पढ्नुस् : 'चार्ल्स शोभराजको पनि मुटु रहेछ !'
२०६० सालमा नेपालमा पक्राउ परेका शोभराजविरुद्ध कोन्नीको हत्या र फर्जी राहदानीको अभियोग पुष्टि गर्दै जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। त्यसैको सजायँ काटिरहेका थिए उनी। कडा सुरक्षाको गोलघरभित्रै बिहे भएको शोभराज र निहिता दुवैले बताएपछि अन्तर्राष्ट्रिय रुपमा नै चर्चित बनेको थियो।बिहेपछि जेलमा कैद भुक्तान गरिरहेका शोभराजलाई भेट्न निहिता पटक पटक कारागारमा पुग्थिन्। पुग्दा उनका हातमा फलफूलले भरिएका झोलाहरु हुन्थे। कुख्यात शोभराजसँग बिहे गरेकै कारण एकाएक सेलिब्रिटीसमेत बनिन् निहिता। बलिउड स्टार सलमान खानले सञ्चालन गर्ने बिग बोसकी पहिलो नेपाली कन्टेस्टेन्टसमेत बनिन् भलै उनले कुनै प्रभाव पार्न सकिनन्।
केन्द्रीय कारागार स्रोतका अनुसार केही वर्षयता भने निहिता शोभराजलाई भेट्न गएकी थिइनन्। निहिता र शोभराजको सम्बन्ध सकियो भन्ने अनुमान धेरैले गरेका पनि थिए।
शोभराजको विषयमा खुलेरै बहस गर्ने निहिता केही वर्षयता मौन थिइन्। हामीले पटकपटक कुरा गर्न खोज्दा पनि उनी बोल्न चाहिनन्।
तर, उनको पतिप्रतिको माया शुक्रवारको फेसबुक पोस्टले लुकाउन सकेन। रोचक त यो रह्यो कि शोभराजसँग निहिताको मन मात्र होइन रगत समेत मिल्दो रहेछ। शोभराजका लागि आवश्यक 'ओ पोजेटिभ' रगत उनले नै दिइन्। गंगालाल अस्पतालमा भर्ना भएदेखि नै निहिता शोभराजको हेरचाहमा सक्रिय रहेको अस्पताल स्रोतले जानकारी दियो।
सोमवार अप्रेसन हुने दिन बिहानैबाट आमा सहित उनी अस्पताल पुगेकी थिइन्। अप्रेसन सकेर शोभराजलाई दिउँसो तीन बजे आइसियुमा ल्याइएको थियो। त्यतिबेरसम्म उनी शोभराजलाई कुरेर बसिन्। आइसियुमा ल्याएपछि शोभराजलाई भेटिन्। आइसियुबाट निक्लिँदा उनका आखा आँशुले भरिएका थिए। आइसियुमा आफ्नी श्रीमतीको उपचार गराइरहेका पोखराका एक कुरुवाले सुनाए, 'उहाँ रुँदै निस्कनु भयो। बिहानै देखि अनुहार मलिन देखिन्थ्यो।'
सुरक्षा कडा
विभिन्न चातुर्य प्रयोग गरेर जेलबाट भाग्न माहिर शोभराजको लागि प्रहरीले अस्पतालमा कडा सुरक्षा व्यवस्था अपनाएको छ। गंगालाल अस्पतालमा सईको कमाण्डमा १० जना प्रहरी हतियार सहित खटाइएको छ। केन्द्रीय कारागार सुन्धाराका डिएसपी जनकबहादुर शाहीले शोभराजको सुरक्षा व्यवस्था व्यवस्थित बनाएको बताए। अस्पतालले पनि आइसियुमा सोधपुछपछि मात्र आफन्तहरुलाई तोकिएको समयमात्र भेट्न दिएको छ।फोटाको संबन्धमा
— रामेश (@RaameshKoirala) June 12, 2017
१. सोधेर खिचेँ
२. लुगामा पनि नेपालीमा लेख्छु
३. रोगीलाई अझ माया गर्छु
४. सबैलाई फोनमा जवाफ सकिन्न
५. तपाईँ कुख्यात हुनुहुन्न pic.twitter.com/RizW904c8V