काठमाडौँ : नेपालमा हुन लागको क्रिकेट प्रतियोगिता एसियन प्रिमियर लिग नभएर एसियन क्लब प्रिमियर लिग नाम हुनुपर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बताए।
'हामीले पहिले अनुमती दिदा नै एसियन क्लब प्रिमियर लिग भनेर दिएका थियौँ। अहिले एसियन प्रिमियर लिग भनेका छन्। अब नाम सच्चयाएर एसियन क्लब लगि भनेर गराउनुपर्छ। त्यसैका लागि हामीले मान्यता दिएका हौँ।' सदस्य सचिव विष्टले पहिलोपोष्टसँग भने।
उनले एसिएन प्रिमियर लिग गर्न आइसीसीले मान्यता नदिने र नेपालमा प्रतियोगिता गर्न त्यसको नामम क्लब राख्नुपर्ने भनेर पहिल्यै भनेको बताए।
नेपालका चार खेलाडी मात्र बिके नी भन्ने प्रश्नमा उनले 'कसले खेलाडीलाई रजिस्टर नगर्ने भनेको थियो र? हामीले नेपाली क्रिकेटकै विकास हुन्छ भनेर गर्न लागेका हौँ। यहा केहीले खेलाडीलाई रजिस्टर नगर भनेर उक्साएका रैछन्।' उनले भने।
यता यही समयमा यू-१९ विश्व कपका लागि नेपाली टोलीको प्रशिक्षण सुरु हुँदैछ। तर एपीएल आयोजना हुने र नेपाली टोलीको प्रशिक्षण जुध्ने हुँदा नेपाली टोलीको प्रशिक्षण प्रभावित हुने सम्भावना छ। नेपाली टोलीको प्रशिक्षण कीर्तिपुरमा हुँदैछ भने एपीएल पनि त्यँही हुनेछ।
यस विषयमा सदस्य सचिव विष्ट भन्छन्, 'नेपाली युवा टोलीको बारे हामीलाई पनि चिन्ता छ। हामी जसरी भएपद्दि प्रशिक्षण गराउँछौँ त्यो हाम्रो जिम्मा हो।' उनले भने। ' हामीलाई पहिले नेपाली टिमको प्रशिक्षण कहिले सुरु गर्ने भनेर जानकारी थिएन। अहिले पनि धेरै समय प्रशिक्षण प्रभावित हुँदैन। हामी नेपाली टोलीको प्रशिक्षणको लागि व्यवस्था गर्नेछौँ।'