PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

गरिबी र अल्पविकास नै सार्कको साझा समस्याः राजदूत उपाध्याय



रासस

गरिबी र अल्पविकास नै सार्कको साझा समस्याः राजदूत उपाध्याय

काठमाडौंः  भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले गरिबी, अल्पविकास नै दक्षिण एसियाको साझा समस्या भएको बताएका छन्।

दक्षिण एसियाको विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सोमबार भारतको राजधानी नयाँ दिल्लीमा सम्बोधन गर्दै राजदूत उपाध्यायले युवा विद्यार्थीललाई  यस क्षेत्रका साझा समस्या समाधानका लागि प्रयन्तशील रहन आग्रह गरे। 

उनले दक्षिण एसियाको साझा हित र चासोका विषयमा अध्ययन गर्न स्थापित दक्षिण एसियाली विश्वविद्यालयको भूमिका शैक्षिक क्षेत्रमा महत्वपूर्ण रहेको बताए। 

राजदूत उपाध्यायले दक्षिण एसियाली मुलुकको बीचमा गहिरो सहयोग सम्बन्ध एवम् सम्पर्क सञ्जालको विस्तारमा विश्वविद्यायले प्रदान गर्ने शिक्षा महत्वपूर्ण हुने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell