PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

राष्ट्रपति विद्यादेवी भण्डारी आज जेनेभा प्रस्थान गर्दै



पहिलोपोस्ट

राष्ट्रपति विद्यादेवी भण्डारी आज जेनेभा प्रस्थान गर्दै

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी स्वीजरल्याण्डको जेनेभामा आयोजित १०६औँ अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दैछिन्। आज साँझ ५ बजे राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

सम्मेलनमा आउँदो असार १ गते राष्ट्रपतिले सम्वोधन गर्ने कार्यक्रम छ। भण्डारीले नेपाली महिलाको राजनीति र रोजगारीमा पुहँच तथा सहभागिताका विषयमा मन्तव्य राख्ने कार्यक्रम छ।

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसहित सचिवालयका कर्मचारी सहभागी हुनेछन्। राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कन कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell