PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

च्याम्पियन्स ट्रफी: सर्फ्राजले जिताए पाकिस्तानलाई, सेमिफाइनल समीकरण पूरा



पहिलोपोस्ट

च्याम्पियन्स ट्रफी: सर्फ्राजले जिताए पाकिस्तानलाई, सेमिफाइनल समीकरण पूरा

इंगल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई ३ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल समीकरण बनेको हो।

जितपछि पाकिस्तान समूह बी'को उपविजेता बन्यो। यसअघि नै भारत समूह बी'को विजेता बनिसकेको छ। अब सेमिफाइनलमा भारतले समूह ए'को उपविजेता बंगलादेश तथा पाकिस्तानले समूह ए'को विजेता इंगल्याण्डसँग खेल्नेछ।

सर्फ्राजले कप्तानी इनिङ्स खेल्दै नटआउट ६१ रन बनाएपछि २ सय ३७ रनको लक्ष्य पाकिस्तानले ४४ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो। १ सय ६२ रन बनाउँदा ७ विकेट गुमाएको पाकिस्तानका लागि कप्तान सर्फ्राज र मोहम्मद आमिरले आठौँ विकेटका लागि नटआउट ७५ रनको साझेदारी गर्दै जित दिलाए।

सर्फ्राजले ७९ बल खेल्दै ५ चौकाको मद्दतमा नटआउट ६१ रन बनाए। उनलाई गतिलो साथ दिएका बलर आमिरले ४३ बलमा नटआउट २८ रनको योगदान गरे। यस्तै, फकर जमानले ५० रन बनाए। श्रीलंकाका नुवान प्रदीपले ३ विकेट लिए।

त्यसअघि कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका इनिङ्सको ४ बल अघि नै २३६ रनमा अलआउट भयो। श्रीलंकाका लागि ओपनर निरोसान डिकवेलाले सर्वाधिक ७३ तथा कप्तान एन्जेलो म्याथ्युजले ३९ रन बनाए।

पाकिस्तानका हसन अली र जुनैद खानले ३-३ तथा मोहम्मद आमिर फहिम अस्रफले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell