PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

सेनाको विमान दुर्घटनामा परेका ८१ जनाको शव भेटियो



पहिलोपोस्ट

सेनाको विमान दुर्घटनामा परेका ८१ जनाको शव भेटियो

याङ्गुन: विमान दुर्घटना भएको पाँचौ दिन दुर्घटनामा परी मृत्यु भएका मध्ये सोमबारसम्म ८१ जनाको शव भेटिएको रक्षा सेवा कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन्।

टानिन्थारीको दक्षिणी सामुद्रिक किनारामा पर्ने माउङमाकानबाट पछिल्लो समय थप पाँच ओटा शव भेटिएको हो।

विमान दुर्घटना भएको घटनास्थलमा सोमबार पनि लगातार खोजी गरिएको थियो। खोजीका लागि नौ पानी जहाज, पाँच सैनिक विमान र दुई हेलिकोप्टरसहित स्थानीय सहयोगीहरु परिचालन भएका छन्।

गत बुधबार १२२ जना यात्रुसहित मिइकीबाट उडेको जहाज दुर्घटनामा परेको हो। विमानमा भएकामध्ये १०८ जना सेना र तिनीहरुका पारिवारिक सदस्य र १४ जना चालक दलका सदस्य रहेका थिए। यस दुखद् घटनाको अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell