PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

मोदी र ट्रम्पबीच यही महिना भेटवार्ता हुने



पहिलोपोस्ट

मोदी र ट्रम्पबीच यही महिना भेटवार्ता हुने

नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वासिङटनमा यसै महिना समसामयिक विषयमा भेटवार्ता  हुने भारतको विदेश मन्त्रालयले जनाएको छ।

विश्वका दुई ठुला प्रजातान्त्रिक मुलुकका शक्तिशाली नेताहरुले जलवायु परिवर्तन लगायतका विषयमा भेटेरै कुराकानी गर्न लागेको भारतको विदेश मन्त्रालयले सोमबार जनाएको छ। मन्त्रालयद्धारा जारी एक विज्ञप्तिमा दुई नेताहरुले यही जुन २६ तारिखका दिन पहिलो पटक भेटबार्ता गर्न लागेको जनाइएको छ।

प्रधानमन्त्री मोदी दुई दिने औपचारिक भ्रमणका लागि अमेरिकाको राजधानी बासिङटनमा जानेछन्। भ्रमणका क्रममा हुने आपसी चासोका विषयमा उनीहरुवीच हुने छलफलले दुईपक्षीय हितका लागि मार्गनिर्देश गर्ने विज्ञप्तिमा जनाइएको छ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिने क्रममा गत जनवरीमा मोदीलाई ट्रम्पले वासिङ्टन भ्रमणको निमन्त्रणा गरेका थिए। यही महिनामात्र ट्रम्पले पेरिस जलवायु सम्झौता अमेरिकालाई अमान्य हुने घोषणा गरेका थिए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell