PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

राजपाले आह्वान गरेको बन्दका कारण बारा, पर्साको जनजीवन प्रभावित



पहिलोपोस्ट

राजपाले आह्वान गरेको बन्दका कारण बारा, पर्साको जनजीवन प्रभावित

वीरगञ्जः दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सार्न माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको तराईका जिल्लामा प्रभाव परेको छ।

बारा, पर्सालगायतका जिल्लामा बन्दको प्रभाव परेको हो। बन्दका कारण बारा, पर्सामा विहानैदेखि यातायातका साधन चलेका छैनन् भने बजार पसल र शैक्षिक संस्था बन्द छन्।

राजपाका कार्यकर्ता विहानैदेखि वीरगञ्जको घण्टाघर, आदर्शनगर, गण्डक चोकलगायतमा स्थानमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्।

त्यस्तै, बाराको कलैया, परवानीपुर,जितपुरलगायतका स्थानमा पनि उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell