PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

नयाँ शक्तिले भन्यो– जनअपेक्षाका हिसाबले विल्कुलै पर्याप्त काम गर्न सकिएन



पहिलोपोस्ट

नयाँ शक्तिले भन्यो– जनअपेक्षाका हिसाबले विल्कुलै पर्याप्त काम गर्न सकिएन

काठमाडौंः नयाँ शक्ति पार्टी नेपालले एक वर्षको अवधिमा पार्टीले खेलेको भूमिका उल्लेखनीय भएपनि जनअपेक्षाका तुलनामा न्यून भएको बताएको छ।

पार्टी स्थापनाको एकवर्ष पुगेको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै पार्टी संयोजक डा.बाबुराम भट्टराईले पार्टीको योजना र जनताले गरेको अपेक्षाका हिसाबले विल्कुलै पर्याप्त काम गर्न नसकेको बताएका हुन्। 

भट्टराईले विज्ञप्तीमा भनेका छन्,‘पार्टीकै योजनाका हिसावले र जनताले गरेको अपेक्षाका हिसावले यो विल्कुलै पर्याप्त छैन। नयाँ शक्ति पार्टीप्रति अपेक्षा धेरै भएकाले अपेक्षाहरु निराशा र आलोचनामा परिणत हुन सक्छन्।’

उनले एक वर्षको अनुभवले आगामी योजना निर्माण गर्न गम्भीर र उत्साहित दुबै बनाएको उल्लेख गरेका छन्।

भट्टराईले भनेका छन्, ‘नेपालमा वैकल्पिक राजनीतिको खाँचो झन् वढेर गएको छ। फलस्वरुप हाम्रो दायित्वमा वृद्धि भएको छ । यो तथ्यलाई आत्मसात गर्दै हामीले निर्मम आत्मसमीक्षा गर्नेछौं र थप उत्साहका साथ कार्यक्षेत्रमा जुट्नेछौं।’

स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिलाई षड्यन्त्रपूर्ण ढंगले निर्वाचन चिह्नबाट बञ्चित गराएको आरोप लगाउँदै भट्टराईले अप्ठेराको बाबजुद पार्टीले अधिकांश स्थानीय तहमा उम्मेदवारी दिएर केही स्थानमा जितसहित वडासम्म संगठन विस्तार गर्ने अवसर प्राप्त गरेको बताएका छन्।

नयाँ शक्तिले एक वर्षको अवधिमा देशभित्र सातै प्रदेश, ७५ जिल्ला र ७ सय ४४ स्थानीय तहमा आफ्नो संगठन विस्तार गर्न सफल भएको बताएको छ।  त्यस्तै,  विदेशमा २८ देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ। 

वैकल्पिक राजनीति शक्ति निर्माणका लागि भन्दै गतवर्ष जेठ ३० गते नयाँ शक्ति पार्टी घोषणा गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell