PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

निर्वाचन आयोग अब एक ईन्च पनि ब्याक हुँदैनः प्रमुख निर्वाचन आयुक्त



पहिलोपोस्ट

निर्वाचन आयोग अब एक ईन्च पनि ब्याक हुँदैनः प्रमुख निर्वाचन आयुक्त

काठमाडौः प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन्।

राजधानीमा आज आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको सम्पूर्ण तयारी भइसकेकाले  अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगर्न सवै राजनीतिक दललाई आग्रह गरे। 

उनले भने ‘असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीयतहको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस्।’ 

उनले  चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुने बताए।

यादवले भने,‘ मुलुक निर्वाचनमा गैसकेको छ, २ गते मनोनयन हुन्छ,  १४ गते निर्वाचन हुन्छ, आयोग अब निर्वाचनबाट एक ईन्च पनि ब्याक हुँदैन।’

प्रदेश नम्वर २ र ५ को चुनाव सार्ने हल्ला मात्र भएको उनले प्रष्ट पारे।  यादवले सबै जिल्लामा निर्वाचन सामग्री पुर्याई सकिएको र निर्वाचनको तयारी पूरा भैसकेको जानकारी दिए। 

निर्वाचन बहिष्कार गर्ने दलहरुलाई जनताको मतहाल्ने अधिकार कुण्ठित नगर्नसमेत उनले आग्रह गरे।

यादवले भने,‘सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्छ, आफ्नो मतहाल्ने मतदाताको अधिकारलाई कुण्ठित गर्ने काम कसैले पनि गर्नुहुदैन।’ 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell