PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

राष्ट्रिय जनमोर्चाद्वारा पाल्पामा उम्मेदवार तय



रासस

राष्ट्रिय जनमोर्चाद्वारा पाल्पामा उम्मेदवार तय

पाल्पाः राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । 

जनमोर्चाले दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख पदका उम्मेदवारको नाम टुङ्गो लगाएको हो।

जनमोर्चाले तानसेन नगरपालिकाको प्रमुखमा टीकाराम पौडेल र उपप्रमुखमा उमा सिञ्जाली, रामपुर नगरपालिकाको प्रमुखमा रेशम कँडेल र उपप्रमुखमा सावित्रा गैरेलाई उम्मेदवार बनाएको छ।

त्यस्तै, निस्दी गाउँपालिकाको अध्यक्षमा देवीलाल राना, पूर्वखोलाको अध्यक्षमा मानबहादुर बयम्बु, रम्भाको अध्यक्षमा मानबहादुर गाहा र उपाध्यक्षमा विमला सिञ्जाली, माथागढीको अध्यक्षमा रामकरण थापा, बगनासकालीको अध्यक्षमा प्रेम कुमाल, तिनाहुँको अध्यक्षमा कमल थापा, रिब्दिकोटको अध्यक्षमा तिलक गाहा तथा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा परशुराम पोखरेल र उपाध्यक्षमा लक्ष्मी दर्लामीलाई उम्मेदवार बनाएको राष्ट्रिय जनमोर्चा पाल्पाले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell