PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

‘रुद्र’ को फस्ट लुक :  साउन १३ मा रिलिज हुने



पहिलोपोस्ट

‘रुद्र’ को फस्ट लुक :  साउन १३ मा रिलिज हुने

काठमाडौंः निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा तयार फिल्म ‘रुद्र’को रिलिजको मिति हेरफेर भएको छ। 

यसअघि साउन २० गतेलाई प्रदर्शनको मिति तय गरेको फिल्म अब एक हप्ता पहिले नै अर्थात् साउन १३ मा रिलिज हुनेछ। फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आधिकारिक नयाँ रिलिज घोषणा गरिएको हो। 

निर्देशक रामजी लामिछानेले कारणबस फिल्मको रिलिज एक हप्ता अघि सरेको बताएपनि कारण भने खुलाउन चाहेनन्। 

तर यसको पछाडि वलिउड स्टार शाहरुख खान अभिनित फिल्म आउनुलाई मानिएको छ। साउन २० मा शाहरुख र अनुष्का शर्मा स्टार फिल्म ‘जब ह्यारी मिट सेजल’ ले रिलिज मिति तोकिसकेको छ। 

फिल्म ‘रुद्र’मा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेती पहिलो पटक भिलेन (खलपात्र)को भुमिकामा प्रस्तुत छन्।

सार्वजनिक फर्स्टलुक पोस्टरमा पनि निखिलको ‘एङ्ग्री’ लुक्स समावेश छ भने मुख्य कलाकार रहेका डेब्यू अभिनेता अभिनेत्रीद्वय विश्व र सारालाई प्रेमभावमा देख्न सकिन्छ।

पोस्टरमा निखिललाई भिलेन अबतारमा प्रस्तुत गरेका निर्देशक लामिछानेले खलनायकको प्रसङ्ग जोड्दै ‘रावणको लागी राम, रामको लागि रावण, दुबै एक अर्काका लागी खलनायक हुन्’स्लोगन लेखेका छन्।

फिल्ममा रोयदीप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डेसमेतको अभिनय छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell