PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

सरकार गठनका लागि कट्टरपन्थी दलसँग वार्ता गर्दै बेलायती प्रधानमन्त्री



रासस

सरकार गठनका लागि कट्टरपन्थी दलसँग वार्ता गर्दै बेलायती प्रधानमन्त्री

लण्डनः बेलायती प्रधानमन्त्री टेरेसा मेले विपक्षी दलसँग सरकार निर्माणका लागि वार्ता गर्दैछिन्। 

जुन वार्तालाई प्रधानमन्त्री मेको कार्यकालको एक कठिन वार्ताका रुपमा ब्याख्या गरिएको छ । 

उनले आफ्नो सरकारका लागि आवश्यक बहुमत हासिल गर्नका लागि मङ्गलबार बेलायतको कट्टरपन्थी मानिएको नर्दन आइरिस पार्टीसँग वार्ता गर्न लागेकी हुन्। 

वार्ताबाट उनले आफ्नो सरकारको निरन्तरताका लागि आफूलाई बहुमत दिलाउनुपर्ने छ। अन्यथा उनको दलले सरकारको निरन्तरताको बैधानिक हैसियत राख्ने छैन। 

बेलायतमा हालै भएको मध्यावधी संसदीय निर्वाचनमा उनको कन्जरभेटिव पार्टीले बहुमत हासिल गर्न सकेन। सोही कारण उनले अर्को दलसँगको सहकार्यमा मिलीजुली सरकार निर्माण गर्नुपर्नेछ। 

उनले मङ्गलबार नर्दन आइरिस पार्टीका प्रमुख अर्लेन फोस्टरसँग भेटवार्ता गर्नेछिन्। उत्तरी आयरल्याण्डको सो दललाई बेलायतमा अल्ट्रा कन्जरभेटिव अथवा कट्टरपन्थी दलका रुपमा लिइन्छ। 

प्रधानमन्त्रीको कन्जरभेटिव पार्टीले संसदमा आफ्नो बहुमत सिद्ध गर्नका लागि संसदको कुनै दलले कम्तीमा पनि ८ स्थान आवश्यक पर्दछ। 

प्रधानमन्त्री मेले वार्ता गर्न लागेको दलका दश सदस्य संसदमा छन्।  सो दलले समर्थन गरेमा मेका लागि आवश्यक बहुमत प्राप्त हुने स्पष्ट छ। 

मध्यावधी निर्वाचनमा प्रधानमन्त्री मेको कन्जरभेटिभ र लेबर पार्टीले पनि स्पष्ट बहुमत हासिल गर्न सकेनन्। जसले गर्दा अर्को कुनै सानो एक दलको सहारा लिएर मिलीजुली सरकार निर्माण गर्नुपर्ने संवैधानिक प्रावधान सिर्जना भएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell