PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

हट्यो पैदलयात्रीलाई दुई सय जरिवानाको व्यवस्था



पहिलोपोस्ट

हट्यो पैदलयात्रीलाई दुई सय जरिवानाको व्यवस्था

काठमाडौः उपत्यकाभित्र जथाभावी बाटो काट्ने पैदलयात्रीलाई जेठ १६ गतेदेखि लगाइँदै आएको जरिवानाको व्यवस्था हटाइएको छ। 

गृहमन्त्री जनार्दन शर्माले प्रहरी महानिरीक्षक प्रकाश अर्याल र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङमार लामालाई मन्त्रालयमा बोलाएर जरिवानाको व्यवस्था हटाउन निर्देशन दिएपछि जरिवानाको व्यवस्था हटाइएको हो।

ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रीलाई दुई सय जरिवाना वा तीन घण्टा नियन्त्रणमा लिने गरेको थियो। 

महाशाखा प्रवक्ता एसएसपी लोकेन्द्रबहादुर मल्लले आजैदेखि यो व्यवस्था हटाइएको जानकारी दिए। मल्लले भने ‘अब हामी दुई सय जरिवाना लिदैनौं तर जथाभावी बाटो काट्नेलाई चेतनामूलक कक्षा भने लिन्छौं।’

वैशाख १ गतेदेखि नो हर्न लागू गरेर तारिफ बटुलेको ट्राफिक प्रहरी जथाभावी बाटो काट्ने पैदलयात्रुबाट २ सय रुपैयाँ असुल्न थालेपछि निकै आलोचित बनेको थियो।

दुई साताभित्र प्रहरीले २० हजार भन्दाबढी पैदलयात्रीलाई कारवाही गरिसकेको छ ।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell