PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

प्रधान न्यायाधीशमा गोपाल पराजुलीसहित ६ जनाको नाम सिफारिस*



पहिलोपोस्ट

प्रधान न्यायाधीशमा गोपाल पराजुलीसहित ६ जनाको नाम सिफारिस*

काठमाडौं : न्यायपरिषदले प्रधानन्यायाधीशमा गोपाल पराजुलीसहित ६ जनाको नाम सिफारिस गरेको छ। आज बसेको न्यायपरिषद बैठकले सर्बोच्च अदालतको आगामी नेतृत्वका लागि कायममुकायम प्रधानन्यायाधीश पराजुलीसँगै दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्शेर जवरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो। 

प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो कार्यकालको अन्तिम दिन यिनै नाम एकल रुपमा सिफारिस गरेकी थिइन्। न्यायपरिषद बैठक नै नबसी उनले नाम सिफारिस गरेपछि प्रश्न उठाइएको थियो।

न्यायपरिषदको सिफारिसलाई संबैधानिक परिषदबाट पनि निर्णय भएपछि संसदीय सुनुवाईमा जान्छ। संबैधानिक परिषदबाट सिफारिस भएको ४५ दिनभित्र संसदीय सुनुवाई गर्नुपर्ने हुन्छ। ४५ दिन भित्र सुनुवाई नगरेमा स्वत: अनुमोदन  भएको मानिने कानुनी प्रावधान छ। 

संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेर बहुमतबाट वा सर्वसम्मतबाट सिफारिस गरेपछि राष्ट्रपतिले पद तथा गोपनियताको सपथ ग्रहण गराइन्छ।

विगतमा न्यायपरिषद सचिवले तीन वर्ष सर्बोच्चको न्यायाधीश भएर काम गरेका सबैको नाम सिफारिस गर्ने प्रचलन थियो।

त्यसलाई परिवर्तन गर्दै गत वर्ष देखि न्यायपरिषदले निर्णय गर्ने र वरिष्ठतम् न्यायाधीशको मात्र नाम सिफारिस गर्ने अभ्यास तात्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सुरु गरेका हुन्।

न्यायपरिषदले गरेको नामावली सिफारिस संबैधानिक परिषदलाई निर्णयका लागि प्रस्ताव हो।
*(भूल सुधार : असावधानीवस एकजनाको मात्र नाम सिफारिस भन्ने पर्न गएकोमा सच्याइएको छ। यसबाट पर्न गएको असुविधाप्रति क्षमा याचना गर्छौं- सम्पादक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell