PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

कतार एयरलाइन्सले भेट्यो नयाँ ट्रान्जिट, नेपालबाट कतार, आयरल्याण्ड हुँदै अन्य देश जाने



उमेश पौडेल

कतार एयरलाइन्सले भेट्यो नयाँ ट्रान्जिट, नेपालबाट कतार, आयरल्याण्ड हुँदै अन्य देश जाने

काठमाडौंः कतार एयरवेजले नयाँ ट्रान्जिट फ्लाइट सुरु गरेको छ। एयरलाइन्सले यूरोपेली देशलाई जोड्न कतारबाट आयरल्याण्डमा नयाँ ट्रान्जिट फ्लाइट सुरु गरेको हो। 

यो सँगै अब नेपालबाट कतार हुँदै आयरल्याण्ड र त्यहाँबाट अन्य देशमा जान सकिनेछ।

कतार आयरल्याण्ड उडानको एयरलाइन्स यूरोपका उपप्रमुख जोनाथन हार्डिङले उद्घाटन गरे।
 
कतार एयरवेजले नेक्स जेनेरेसनको एयरवस ए ३५० सिरिजको जहाजवाट आयरल्याण्डको राजधानी डुब्लिन उडान गर्नेछ।

यो जहाजमा स्टेट अफ आर्ट फेसिलिटी भएका कारण भिआइपी पाहुनाका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। 
कतार एयरवेजको इतिहासमा नै पहिलोपटक डुब्लिनबाट कमर्सियल पेसेन्जर फ्लाइट सुरु भएको हो।

कतार एयरवेजले नेपालबाट पनि डुब्लिनका लागि सेवा दिने जनाएको छ। एयरलाइन्सका नेपाल कन्ट्री म्यानेजर जयप्रकाश नैर र आयरल्याण्डका लागि नेपाली कन्सुलेट मनोजबहादुर श्रेष्ठले सो उडानको अवलोकन गरेका थिए।

एयरलाइन्सले अब काठमाडौंवाट आयरल्याण्ड दैनिक उडान गर्नेछ। 

कतार एयरवेजले डुब्लिनका लागि बोइङको ७८७ ड्रिमलाइनरवाट उडान गरिरहेको छ। जसमा २२ वटा बिजनेस क्लास र २३२ वटा इकोनोमी क्लास सिट रहेका छन्।

कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बाकरले कतारबाट डुब्लिनका लागि उडान गर्नु कतार एयरवेजका लागि कोशेढुङ्गा भएको बताए। 
उनले अब आइरिस जनता र त्यहाँवाट विश्वमा जोडिन सहज हुने बताए। डुब्लिन एक हजारभन्दा धेरै अन्तर्राष्ट्रिय कम्पनीहरु भएको विजनेस हब हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell