
काठमाडौः काठमाडौंको पुतलीसडकमा सरकारी गाडीको ठक्करबाट एक युवक घाइते भएका छन्।
बा २ झ १६८५ नम्वरको गाडीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार युवक घाइते भएका हुन्।
दुर्घटनापछि केहीबेर पुतलीसडक क्षेत्रको यातायात आवागमन प्रभावित भएको थियो । पछि प्रहरीले बल प्रयोग गरी यातायात सुचारु गराएको थियो ।
घाइतेलाई उपचारका लागि काठमाडौ मोडल कलेजमा लगिएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।