PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

४ वर्षअघि देखि प्रदर्शनको हल्लामा 'डाक्टर खातेको'को नयाँ ट्रेलर आउट



पहिलोपोस्ट

४ वर्षअघि देखि प्रदर्शनको हल्लामा 'डाक्टर खातेको'को नयाँ ट्रेलर आउट

काठमाडौं: विदेशमा सन् २०१३ मा फिल्म प्रदर्शन र वितरक टुङ्गो लागेको फिल्म 'डाक्टर खातेको गीत'को सोमबार बल्ल ट्रेलर सार्वजनिक भयो। अन्तराष्ट्रिय फिल्म फोस्टिवलहरुमा सहभागिता जनाएको भनिएको फिल्म नेपालमा भने अझै सार्वजनिक भएको छैन।

साउन ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सडक बालबालिकाको जीवनकथा समेटेको बताइएको छ। केही महिना अघि घोषित फिल्मको आज पोस्टर र ट्रेलर रिलिज भएको हो। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको प्रचारका लागि पोस्टर र ट्रेलर रिलिज गरिएको हो।

रोशनी केसीको निर्माणमा बनेको फिल्मलाई रवि अर्यालले निर्देशन गरेका हुन्। फिल्म बारे निर्माता अभिनेत्री रोशनी केसीले भनिन्,'फिल्म मनोरञ्जन मात्र होइन सामाजिक दायित्व पनि हो भन्ने उदाहरण हो फिल्म डाक्टर खाते।' फिल्मले सडक बालिकासँग सरोकार राख्ने निकाय र सरकारलाई जिम्मेवारीबोध गराउने दाबी गरिन्।

फिल्ममा शिल्पा पोखरेल, प्रिन्स रिजाल, सुर्य गुरुङ, अमृत परियार, सम्राट सापकोटा, रोशनी केसी, विजय देउजा, कुमार गजुरेल लगायतको मुख्य अभिनय रहेको छ। डाक्टर खातेको पोखरा र काठमाडौंमा छायांकन गरिएको हो।

हेर्नुस् फिल्मको ट्रेलर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell