PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

बलिउड गायक कुमार सानुको नेपालमा लाइभ कन्सर्ट



पहिलोपोस्ट

बलिउड गायक कुमार सानुको नेपालमा लाइभ कन्सर्ट

काठमाडौं: भारतिय गायक कुमार सानुले नेपालमा सांगीतिक प्रस्तुती दिने भएका छन्। 'कुमार सानु लाइभ इन कन्सर्ट’ नाम दिइएको कार्यक्रमका लागि उनी नेपाल आउने भएका हुन्। उक्त कन्सर्टलाई मुन्टेज इन्टरनेशनल र समसारा यूकेले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।

कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुले पनि आ-आफ्नो प्रस्तुती दिने बताइएको छ। नेपालका लागि गायक रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका वन्दना, स्मिता घिमिरे, नायिका नम्रता सापकोटा, निशा अधिकारी, जितु नेपालको प्रस्तुति पनि रहनेछ।

कुमार सानुले हिन्दीसाथै नेपाली भाषाका गीतहरु पनि चर्चित छन्। उनले स्वर दिएको ’यो कथा हो तृष्णा मेरो’, ’यो दुई थोपा आँसु’, ’फूल भए जिन्दगी’, ’साँची राँखु जस्तो लाग्छ’, ’सपना सपना’ जस्ता नेपाली गीत चर्चित छन्। कार्यक्रमबाट उठेको केहि प्रतिशत रकम श्वेताश्री फाउन्डेसनलाई प्रदान गरिने कार्यक्रम संयोजकले बताएका छन्।

गायक कुमार सानुले भिडियो मार्फत नेपालमा आएर गीत गाउन पाउनु आफ्ना लागि उत्साहको कुरा भएको बताएका छन्। उनले नेपाली साथै हिन्दी गीत गाउने बताइएको छ। कार्यक्रम काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell