PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मिस नेपाल नीकिता चाण्डकको फिल्म अभिनयमा रहर



पहिलोपोस्ट

मिस नेपाल नीकिता चाण्डकको फिल्म अभिनयमा रहर

काठमाडौं: 'मिस नेपाल २०१७' नीकिता चाण्डकले आफ्नो रुची फिल्म अभिनयमा भएको र हिडन ट्रेजरसँगको एक वर्ष लामो कन्ट्य्राक्ट सक्किएपछी आफू फिल्म क्षेत्रमा सक्रिय रहने इक्षा व्यक्त गरिन्। मिस नेपालमा सहभागिता जनाउनु अघि पनि मोडलिङमा रहेकी उनले फिल्ममा अभिनयको पनि विशेष रुची भएको बताएकी हुन्।

पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्,'यस्तै फिल्म गर्छु भन्ने आजसम्म सोचेको छैन तर राम्रो स्क्रिप्ट सफर आए फिल्ममा अवश्य अभिनय गर्नेछु।' एक वर्षका लागि भने मिस नेपाल आयोजक हिडन ट्रेडरको आचारसंहितामा नीकिता बाँधिएकी छिन्। त्यसैले अहिलेका लागि आफू डिसेम्बरमा जाकार्तामा हुने विश्व सुन्दरी प्रतियोगिताका लागि तयारीमा ध्यान दिने उनले बताइन्।

अभिनेत्रीको रुपमा परिचय स्थापना गर्न चाहने उनको गायनमा पनि रुची छ। 'तर मेरो प्यासन एक्टिङमा नै छ। म फिल्म डेब्युका लागि पनि तयारी गर्नेछु', चाण्डकले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell