
काठमाडौं: टेलिफिल्म ‘कर्मको फल’ नेपाली सहित पाँच भाषामा निर्माण भएको छ। शुभ मिडिया होमको प्रस्तुतीमा निर्माण भएको उक्त सिरिज नेपाली, भोजपुरी, मैथली, नेवारी र तामाङ भाषामा निर्माण भएको हो।
जस्तो काम गर्यो त्यस्तै फल पाइन्छ भन्ने संदेश बोकेको भनिएको टेलिसिरिजमा रबि डंगोल र रमेश बुढाथोकीका साथै गौरी मल्ल, मञ्जु श्रेष्ठ, शिवहरी आचार्य, नीरज नेपाल, कमल नेपाल, बिष्णु बुढाथोकी, मुकुन्द आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ। टेलिसिरिजलाई सरोज ओलीले निर्देशत गरेका हुन्।
टेलिफिल्ममा नियम संगत व्यापार गर्ने र कालोबजारी गरी नियम बिपरित व्यापार गर्ने दुई फरक प्रकृतीका मान्छेको कथालाई नाटकिय ढङ्गमा प्रस्तुत गरिएको छ।
नेपाली भाषामा 'कर्मको फल':