रुकुमः रुकुमको भुमे गाउँपालिकाको एउटा वडामा दाजु बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् ।
भुमे गाउँपालिका वडा नम्बर ५ मा दाजु बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका हुन्।
दाइ हर्कप्रसाद सुनार नेकपा एमालेबाट वडा सदस्यमा र बहिनी लीला सुनार नेकपा माओवादी केन्द्रबाट सदस्यमा उम्मेदवार बनेका हुन्।
चुनाव नजिकिएसँगै दुबैले आफ्नो पार्टीको प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। दुवैले आ–आफ्नो पार्टीले जित्ने दाबी गर्दै आएका छन्।रासस