PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

नेपाल - यमन बीचको खेल बराबरीमा टुंगियो, अनिल गुरुङको ५० औं अन्तर्राष्ट्रिय म्याच



पहिलोपोस्ट

नेपाल - यमन बीचको खेल बराबरीमा टुंगियो, अनिल गुरुङको ५० औं अन्तर्राष्ट्रिय म्याच

काठमाडौं : नेपाल र यमनबीच भएको एएफसी एसियन कप छनोटको समूह चरणको खेल बराबरीमा टुंगिएको छ। पहिलो खेल फिलिपिन्ससँग पराजित नेपालका लागि यो खेल महत्वपूर्ण भए पनि जित हासिल गर्न सकेन। गोलरहित बराबरीमा खेल टुंगिएकाले दुवै टिमले एक-एक अंक पाएका छन्। 

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आज भएको खेलमा बराबरी भए पनि यसअघि फिलिपिन्ससँग नेपालले ४-१ को गोल अन्तरमा पराजय भोगिसकेको छ। यमनले भने यसअघि एक खेल जितिसकेको छ। 

प्रतियोगिताको इन्जुरी टाइममा मैदान छिरेर अनिल गुरुङले ५० औं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए। नवयुग श्रेष्ठको ठाउँमा रेकर्डका लागि उनलाई मैदान छिराइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell