PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बाढीपहिरोमा परी बङ्गलादेशमा ३५ को मृत्यु



रासस

बाढीपहिरोमा परी बङ्गलादेशमा ३५ को मृत्यु
फोटो श्रोतःAFP

ढाकाः दक्षिणपूर्वी बङ्गलादेशमा भारी मनसुनी वर्षापछि आएको बाढीपहिरोमा परी ३५ जनाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर धेरैको मृत्यु भएको र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन्।

सोमबार बिहानदेखिको भारी बर्षाबाट रन्गामती र बन्दारबान दुई जिल्ला बढी प्रभावित भएका छन्।

भारीवर्षाका कारण रन्गामतीमा १३.५ इन्चसम्म पानी जमेको र अझै पनि पानी पर्ने क्रम नरोकिएको मौसम अधिकारी बज्लुर रसिदले जानकारी दिएका छन्। 

वर्षाका कारण राजधानी ढाका र चटगाउँसमेत प्रभावित भएका र त्यहाँ केही घण्टा यातायातसमेत अवरुद्ध भएको बताइएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell