
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी स्वीजरल्याण्डको जेनेभामा आयोजित १०६औँ अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेकी छिन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई विमानस्थलमा पुगी विदाई गरेका छन्। विदाई कार्यक्रममा उप राष्ट्रपति, सभामुख लगायतको सहभागिता थियो। राष्ट्रपतिको यो औपचारिक भ्रमण हो। नेपाली सेनाले औपचारिक रुपमा सलामी दिँदै भण्डारीलाई विदाई गरेको छ।
सम्मेलनमा आउँदो असार १ गते राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीले नेपाली महिलाको राजनीति र रोजगारीमा पुहँच तथा सहभागिताका विषयमा मन्तव्य राख्ने कार्यक्रम छ।
राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसहित सचिवालयका कर्मचारी सहभागी हुनेछन्। राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कन कार्यक्रम छ।