PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

कैलालीमा माओवादीद्वारा सबैभन्दा बढी थारु उम्मेदवार चयन



रासस

कैलालीमा माओवादीद्वारा सबैभन्दा बढी थारु उम्मेदवार चयन

कैलालीः नेकपा माओवादी केन्द्रले कैलालीका गाउँपालिका तथा नगरपालिकाको प्रमुख पदमा सबैभन्दा बढी थारु उम्मेदवार चयन गरेको छ। 

कैलालीका १३ वटा स्थानीय तहमध्ये छ तहको प्रमुख पदमा थारु उम्मेदवार बनाएको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना, भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर थारु, घोडाघोडी नगरपालिकाको प्रमुखमा लक्ष्मण चौधरी, जोशीपुर नगरपालिकाको अध्यक्षमा भक्त थारु, कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा फुलराम थारुलाई उम्मेदवार बनाएको छ। 

त्यस्तै, जिल्लाका १३ वटा स्थानीय तहमध्ये ११ वटाको प्रमुखमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थारु उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell