PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ट्याक्सी दुर्घटनामा भक्तपुरमा दुई जनाको मृत्यु



रासस

ट्याक्सी दुर्घटनामा भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका–२ चिलाउनघारीमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बा.२ ज. २३५२ नम्बरको ट्याक्सी सडकबाट १५० मिटर तल खोल्सामा खस्दा दुई जनाको मृत्यु भएको हो। 

दुर्घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक मांखाका २४ वर्षीय बुद्धिबहादुर लामा र सिन्धुपाल्चोक सिम्लेका ४० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

सोमबार राति भएको दुर्घटनामा घाइते भएका उनीहरुको आज मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका राकेश तामाङ र कृष्ण तामाङको मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell