PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

बुटवल उप-महानगरमा कांग्रेसका मेयर प्रत्यासी पाण्डेको प्रमुख एजेन्डा : सुकुम्बासी



पहिलोपोस्ट

बुटवल उप-महानगरमा कांग्रेसका मेयर प्रत्यासी पाण्डेको प्रमुख एजेन्डा : सुकुम्बासी

बुटवल : बुटवल उप-महानगरपालिकाका नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले पहिलो प्राथमिकतामा  सुकुम्वासी समस्या समाधानलाई छानेका छन्। पाण्डेले आज पत्रकार सम्मेलन गरी सुकुम्वासीलाई लालपुर्जा दिने तथा व्यवस्थित बसोबास विकास आफ्नो प्राथमिकता भएको बताए। 

'नगर क्षेत्रभित्र रहेका सुकुम्बासीलाई लालपुर्जाको व्यवस्था मिलाउने र नगरपालिकाबाट नामसारी सहजै हुने पद्धतिको विकास गर्ने मेरो प्राथमिकतामा हो,' पाण्डेले भने, 'त्यसैगरी वर्षा याममा अभिसापको रुपमा देखा पर्ने तिनाउ नदी बरदानका रुपमा सदुपयोग गर्ने कार्यक्रम पनि ल्याउनेछु।'

‘नेपाली कांग्रेसबाहेक यहाँ अरु दलले विकासमा के कति योगदान गरेका छन? मूल्यांकन गरिदिनुहोस् र त्यसकै आधारमा मत प्रकट गर्नुहोस,' पाण्डेले भने, 'मैना बगरमा रहेको अटो भिलेज, मणिमुकुन्द सेन उद्यान, आम्दा अस्पताल, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवन, लुम्बिनी अञ्चल अस्पतालको प्रसुती कक्ष निर्माण, लायन्स आँखा अस्पताल निर्माणलगायतका काम नेपाली कांग्रेसका नेता सुर्यप्रसाद प्रधान मेयर हुँदा सुरुवात गर्नु भएको थियो।' 

प्रधान मेयर हुँदा नै पत्रकारिताको प्रोत्साहनका लागि उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गरेको पनि पाण्डेले उल्लेख गरे। 
उत्कृष्ट पत्रकारिता पुरस्कार अहिले पनि नेपाल पत्रकार महासंघले वितरण गर्दै आएको छ। 

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँणले सिंचाई मन्त्री हुँदा जनताको तटबन्धको कार्यालय बुटवलमा स्थापना गरी तिनाउ तथा दानव लगायतका नदी व्यवस्थापनको काम सुरु गरेको पनि उनले बताए। 

कालीगण्डकी–तिनाउ ड्राईभर्सनका लागि खाँडकै पहलमा डिपिआर तयार गर्न बजेट विनियोजन भएको तथा जिल्लामा दर्जनौ पक्कीपुल निर्माण भएको उनले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell