PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कक्षा ११ को परीक्षाको तयारी पूरा



रासस

कक्षा ११ को परीक्षाको तयारी पूरा

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ को तयारी पूरा भएको जनाएको छ। 

बोर्डले पत्रकारसम्मेलन गरी परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ। 

परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि ९९३ केन्द्र तोकिएका छन्। 

शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका कार्यबाहक अध्यक्ष शान्तबहादुर श्रेष्ठले परीक्षा अवधिमा कुनै पनि दल र समूहलाई बन्द–हड्ताल नगर्न आग्रह गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell