PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

निर्वाचन आयोगले गृह मन्त्रीलाई सोध्यो : चुनावमा सुरक्षाको तयारी के छ?



पहिलोपोस्ट

निर्वाचन आयोगले गृह मन्त्रीलाई सोध्यो : चुनावमा सुरक्षाको तयारी के छ?

काठमाडौं : राष्ट्रिय जनता पार्टीले चुनाव बहिस्कारको घोषणा गर्दै दुई नम्बर प्रदेशमा बन्द थालेकै दिन निर्वाचन आयोगले चुनावमा सुरक्षाको अवस्थाबारे गृह मन्त्रीसँग जानकारी लिएको छ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सरकारको सुरक्षा तयारीबारे निर्वाचन आयोगले गृह मन्त्रीसँग ब्रिफिङ लिएको हो। आयोगले आज गृह मन्त्री जनार्दन शर्मालाई आयोग परिसरमा डाकेर आगामी असार १४ गते चार प्रदेशमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सरकारको सुरक्षा तयारीबारे जानकारी लिएको हो। 

'आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने देखि मतदाता शिक्षा, निर्वाचन प्रचारप्रसार, मतदान तथा मतगणना लगायतका सम्पूर्ण निर्वाचन कार्यक्रमहरू सञ्चालन गर्दा भरपर्दो सुरक्षा व्यवस्था मिलाई सम्वद्ध पक्षहरूमा सुरक्षाको प्रत्याभूति हुने वातावरण मिलाउन आवश्यक छ,' प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, 'वर्तमान परिस्थितिमा सुरक्षा रणनीति र सुरक्षा योजना प्रभावकारी हुन आवश्यक छ।' 

गृह मन्त्री शर्माले सरकारले राजनीतिक तहमा समस्याको समाधानबारे पहल गरिरहेको भन्दै आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनको लागि यथेष्ट सुरक्षा प्रबन्ध मिलाउन सरकार कटिवद्ध रहेको बताए। 

ब्रिफिङमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह, गृह सचिव लोकदर्शन रेग्मी, आयोगका सचिव गोपीनाथ मैनाली तथा सह-सचिवहरु सहभागी थिए। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell