PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

राजपाको आमहड्ताल पछि प्रधानमन्त्रीले राखे प्रमुख दलको बैठक



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रिय जनता पार्टीले निर्वाचन बिथोल्न आमहड्ताल सुरु गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलको बैठक डाकेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको बैठक संसद् सचिवालयस्थित सभामुख कार्यकक्षमा राखेका हुन्। 

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपा जस्तो राजनीतिक शक्ति नै विपक्षमा जाँदा त्यसको प्रभाव र दलीय रणनीति कस्तो हुने भन्ने सम्बन्धमा छलफलका लागि प्रधानमन्त्री देउवाले बैठक डाकेका हुन्। 

बैठकमा प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता सहभागी छन्। बैठकले विशेषतः राजपाको विरोधपछि प्रभावित हुने प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा कसरी चुनावमा जाने भन्ने विषयमा छलफल गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell