PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

इरान रसियामा हुने विश्वकपमा छनोट



पहिलोपोस्ट

इरान रसियामा हुने विश्वकपमा छनोट

एसियाली मुलुक इरान सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको लागि छनोट हुने दोस्रो टिम बनेको छ।

एसियाली अन्तिम चरणको छनोटअन्तर्गत खेलमा उज्वेकिस्तानलाई २-० ले पराजित गर्दै इरान ब्राजिलपछि विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको हो।

इरानलाई जित दिलाउन सार्दर अजमोउन र मेहदी तारेमीले गोल गरे। कार्लोस क्विरेजको प्रशिक्षणमा रहेको इरान पहिलो पटक लगातार विश्वकपका लागि छनोट भएको हो।

उज्वेकिस्तान विरुद्ध जितपछि इरानले अन्तिम चरणको एसियन छनोटको समूह ए मा ८ खेलबाट २० अंक जोडेको छ जुन तेस्रो स्थानको उज्वेकिस्तानले भन्दा ८ अंकले बढी हो। समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछन्। यस्तै ७ खेलबाट १३ अंक झोडेको दक्षिण कोरिया समूह ए को दोस्रो स्थानमा छ।

यता समूह बी मा जापान पहिलो, साउदी अरेविया दोस्रो तथा अष्ट्रिलया तेस्रो स्थानमा छ।

दुवै समूहका शीर्ष दुई स्थानमा रहने टोली रसिया विश्वकपमा छनोट हुनेछन् भने तेस्रो हुने टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell