PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

भलिबल संघका अध्यक्ष र महासचिव नेदरल्यान्ड प्रस्थान, नयाँ प्रशिक्षकसँग सम्झौता हुने



पहिलोपोस्ट

भलिबल संघका अध्यक्ष र महासचिव नेदरल्यान्ड प्रस्थान, नयाँ प्रशिक्षकसँग सम्झौता हुने

काठमाडौं : नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द मंगलबार नेदरल्यान्ड प्रस्थान गरेका छन्। नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा अध्यक्ष शर्मा र महासचिव चन्द त्यसतर्फ प्रस्थान गरेका हुन्।

बुधबारदेखि नेदरल्यान्डमा सुरु हुने विश्व लिग भलिबल र विश्व बिच भलिबल टुरको अवलोकन तथा नेपालका लागि नयाँ भलिबल प्रशिक्षकसँग सम्झौता गर्न शर्मा र चन्द त्यसतर्फ प्रस्थान गरेका हुन्।

विश्व लिग भलिबल र बिच भलिबल टुर जुन १८ सम्म सञ्चालन हुनेछ।

महासचिव चन्दले नेदरल्यान्ड बसाईँका क्रममा डच प्रशिक्षक म्याट भान विजलसँग सम्झौता हुने जानकारी दिए।

नेपाल भलिबल संघको विशेष अनुरोधमा विश्व भलिबलको सर्वोच्च संस्था एफआइभीबीले आफ्ना इन्स्ट्रक्टर म्याट भान विजललाई नेपाल पठाउन लागेको हो। ६ दिने नेदरल्यान्ड बसाईँका क्रममा अध्यक्ष शर्मा र महासचिव चन्दले नेदरल्यान्डको भलिबल एकेडमी, जिम र अन्य भौतिक पूर्वाधारको पनि अवलोकन गर्ने कार्यक्रम रहेकोछन्।

एफआईभीबीले नेपाली भलिबलको स्तर वृद्धिमा सहयोग पुर्औयाउन आफ्ना इन्स्ट्रक्टरलाई नेपाल पठाउन लागेको महासचिव चन्दले जानकारी दिए ।

नेदरल्यान्डपछि स्वीजरल्यान्डको लुजानमा रहेको एफआईभीबीको मुख्यालयको अवलोकन गरिने महासचिव चन्दले जानकारी दिए। उनले स्वीजरल्यान्डमा रहदा दुई पक्षीय सहयोगका विषयमा पनि छलफल हुने जानकारी दिए।

अध्यक्ष शर्मा र महासचिव चन्दलाई भलिबल संघका सचिव श्याम श्रेष्ठ, सदस्य रिता कोईराला, अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेड चन्दबदना राई, प्रशिक्षक, खेलाडीहरुले एयरपोर्टमा बिदाइ गरे। शर्मा र चन्द असार १४ गते नेपाल फर्किने छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell