PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

प्रमुख दलको बैठक जारी : कांग्रेसका रामचन्द्र र एमालेका माधव नेपाल बाहिरिए



पहिलोपोस्ट

काठमाडौं : सिंहदरबारमा प्रमुख तीन दलको बैठक जारी रहँदा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बाहिरिएका छन्। सिंहदरबारस्थित सभामुखको बैठक कक्षमा भएको बैठकबाट बाहिरिने क्रममा एमाले नेता नेपालले भने प्रतिक्रिया दिएनन्। 

नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेलले बैठक नसकिएको भन्दै तोकिएकै मितिमा राजपालाई पनि चुनावमा कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए। 

'राजपालाई स्थानीय तह निर्वाचनमा कसरी समावेश गर्ने र चुनाव नसारिकन उहाँहरुलाई पनि सहभागी गराउने विषयमा छलफल भइरहेको छ,' वरिष्ठ नेता पौडेलले भने, 'यसपछि उहाँहरुसँग कुराकानी गर्ने र तोकिएकै मितिमा चुनाव गर्न कसरी जान सकिन्छ भनेर निकासको खोजी हुँदैछ।'
प्रमुख दलको बैठकपछि आजै वा भोलि बिहानसम्म राजापासँग छलफल गरी एउटा निर्णयमा पुग्ने प्रमुख दलको तयारी छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell