PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

भरतपुर मुद्दा आज पनि हेर्न भ्याइएन, अर्को सुनुवाइ असार ६ मा हुने



रासस

भरतपुर मुद्दा आज पनि हेर्न भ्याइएन, अर्को सुनुवाइ असार ६ मा हुने

काठमाडौंः सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाइ आगामी असार ६ गते गर्ने भएको छ। 

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासमा मंगलबार सो मुद्दाको सुनुवाइ राखिएपनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाई तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। 

यसअघि जेठ २८ गते न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा पेसी तोकिएको थियो तर त्यतिबेला पनि हेर्न नभ्याइने भन्दै मंगलबारका लागि पेसी तोकिएको थियो। 

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले जेठ २२ गते भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell