PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

राष्ट्रपति भण्डारी अबुधावीमा



रासस

राष्ट्रपति भण्डारी अबुधावीमा

अबुधावीः राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जाने सिलसिलामा मंगलबार  राति संयुक्त अरब इमिरेट्सको अबुधावी आइपुगेकी छन्।
 
उनलाई अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्सका शिष्टाचार अधिकारीहरुले स्वागत गरेका थिए। 

यसैगरी, उनको स्वागतार्थ विमानस्थलमा नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन तथा नेपाली दूतावासका अन्य अधिकारीहरु उपस्थित भएका थिए। 
उनी बुधबार बिहान अबुधावीबाट जेनेभातर्फ प्रस्थान गर्नेछिन्। 

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृतहरु सहभागी छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell