PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

सप्तरीको कञ्चनरुपमा काँग्रेसका प्रमुख र उपप्रमुखको उम्मेदवार तय



पहिलोपोस्ट

सप्तरीको कञ्चनरुपमा काँग्रेसका प्रमुख र उपप्रमुखको उम्मेदवार तय

राजविराज: यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत नगरपालिका र गाउँपालिकामा नेपाली काँग्रेसले आफ्ना केही उम्मेदवार छनौट गरेको छ।

नेपाली काँग्रेसले जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा १ नं क्षेत्रीय सभापति ललन गुप्तालाई उम्मेदवार बनाएको छ। त्यस्तै, निरु पोखरेललाई उपप्रमुखको उम्मेदवार बनाएको क्षेत्रीय सभापति तथा उम्मेदवार गुप्ताले जानकारी दिए। पोखरेल काँग्रेस सप्तरीका पूर्वजिल्ला उपसभापति हुन्।

कृष्णासावरन गाउँपालिकाको अध्यक्षमा भने पर्शुराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेसले जनाएको छ।

यस्तै, सप्तकोसी नगरपालिकाको प्रमुख पदका लागि समेत उम्मेदबार छनौट भइसकेको र नाम पछि सार्वजनिक गरिने काँग्रेसले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell