PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

राजपा चुनावमा आउला? प्रमुख दलसँग आज निर्णायक वार्ता



पहिलोपोस्ट

राजपा चुनावमा आउला? प्रमुख दलसँग आज निर्णायक वार्ता
तस्बिर : फाइल

काठमाडौँ: राष्ट्रिय जनता पार्टीलाई (राजपा) चुनावमा सहभागी गराउने विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेताबीच आज अन्तिम कसरत हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले राजपासहित प्रमुख दलका शीर्ष नेताको बैठक बुधबार साँझ ४ बजे बोलाएका छन्।

राजपाले चुनावमा आउने लिखित प्रतिवद्धता गरे संविधान संशोधन लगायतका राजनीतिक मुद्दालाई चुनावलगत्तै सम्वोधन गर्नेगरी लिखित सहमतिको तयारी प्रमुख दलको छ।

राजपाले संशोधन नभइ चुनावमा सहभागी नहुने भन्दै दोस्रो चरणमो निर्वाचनको १६ दिनअघि आमहड्तासहितका विरोधका कार्यक्रम घोषणा गरेको छ। प्रदेश नम्वर २ मा राजपाले अन्य दल र निर्वाचनज आयोगका गतिविधिमा पनि अवरोध पुर्‍याइरहेको छ।

यो पनि पढ्नुस् : प्रधानमन्त्री चुन्दा मेल, चुनावमा जान चाहिँ किन बेमेल? यस्तो छ राजपाभित्रको अन्तरकथा

राजपाले प्रदेश २ र ५ मा चुनावको मिति सार्न समेत प्रस्ताव गरेको छ। मंगलबारको प्रमुख दलको बैठकमा प्रधानमन्त्री देउवाले चुनावको मिति सार्ने विषयमा सत्तारुढ र प्रतिपक्ष दलसँग परामर्श समेत गरेका थिए। तर, प्रधानमन्त्रीको प्रस्तावलाई सत्तारुढ दल माओवादी केन्द्र र प्रतिपक्षी एमालेले अस्वीकार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell