PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

फिल्म 'रोमियो'को तेस्रो रिलिज टार्गेट, रिलिज होला त समयमै?



पहिलोपोस्ट

फिल्म 'रोमियो'को तेस्रो रिलिज टार्गेट, रिलिज होला त समयमै?

काठमाडौं: फिल्म 'रोमियो' युनिटले फिल्म प्रदर्शनमा ल्याउन पुन: नयाँ मिति सार्वजनिक गरेको छ। फिल्म अब कार्तिक १७ गतेबाट मात्र प्रदर्शनमा आउने भएको छ। फिल्मको यो तेस्रो रिलिज टार्गेट हो।

तोकिएको मितिमा फिल्म सार्वजनिक हुन नसक्नु ट्रेन्ड जस्तै बनिसकेको छ। रोमियोले पनि दुईपटक तोकिएको मितिबाट आफ्नो प्रदर्शन पर सारिसक्यो।

यसअघि फिल्म वैशाख १९ गतेबाट नै प्रदर्शनमा आउने भनिएको थियो। फिल्म सार्वजनिक गर्न निर्माण युनिट चुक्यो। र, नयाँ रिलिज टार्गेट बनायो आउँदो साउन २७। दोस्रोपटक घोषित मितिमा पनि फिल्म नआउने पक्का भएपछि फिल्म युनिटले कार्तिकमा मात्र फिल्म प्रदर्शनमा ल्याउने खबर सार्वजनिक गरेको छ।

हसन खानले गत वर्ष आफ्नो जन्मदिनको अवसरमा फिल्म घोषणा गरेका थिए। फिल्मको प्रोडक्सन गत मंसिरमा नै सक्किए पनि पोस्ट-प्रोडक्शनमा ढिला भएको खानले जानकारी दिएका थिए। भने, 'बैशाखमा चुनावका कारण पनि फिल्म सार्वजनिक नगरेका हौँ अब कार्तिकबाट भने फिल्म पर जाने छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell